दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रास्वपाको पहिलो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १३ गते, शनिबार ६:५६

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नयाँ नेतृत्व र नीतिगत दिशासहित सम्पन्न भएको छ। चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयनसँगै समापन भएको हो।
महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा भने सोविता गौतम विजयी भएकी छन्। शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनले डा. तोसिमा कार्कीलाई पराजित गर्दै उक्त पदमा निर्वाचित भएकी हुन्।
यस्तै, महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन्। उक्त पदका लागि विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा रहेका थिए।
सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला) पदमा निशा डाँगी विजयी भएकी छन्।
पहिलो महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा र नीतिगत प्राथमिकतासमेत तय गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु