तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन: सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १४ गते, आईतवार १४:०९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन्।

काठमाडौंको सितापाइलामा फेसियल हाउसको १२औँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे।

उनले फेसियल हाउसले दुई सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान भएको बताए।

“रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। फेसियल हाउसले सयौँ युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्‍याएको छ,” उनले भने।

श्रेष्ठले सेवा क्षेत्रका यस्ता सफल नेपाली उद्यमहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्नुका साथै युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। उनले फेसियल हाउसलाई आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना पनि दिए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको बताइन्।

सञ्चार उद्यमी तथा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले निरन्तर मेहनतले फेसियल हाउसलाई आजको सफल स्थानमा पुर्‍याएको उल्लेख गर्दै महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उदाहरण बनेको बताइन्।

शाखा विस्तारबारे बोल्दै फेसियल हाउसकी संस्थापक सुश्मा महराले १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको बताईन । “काठमाडौं र चितवनमा ‘फेसियल एकेडेमी’ सञ्चालन गर्दै सौन्दर्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनसमेत गर्दै आएका छौँ” उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु