तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वीरहरूको बलिदानप्रति भावुक बनिन् जेसी निर्मला प्रधान

श्याम स्मृत:
प्रकाशित मिति : २०८३ असार १६ गते, मंगलवार ७:२९

इटहरी — झापाकी जेसी निर्मला प्रधानले ७८औँ पिरकण्डी युद्ध सम्मान दिवस समारोहमा सहभागी भएपछि देशप्रेम र वीरहरूको त्यागप्रति भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

भूतपूर्व सैनिक पूर्व अञ्चल, द्वितीय बटालियन तृतीय गोर्खा राइफल्सद्वारा आयोजित कार्यक्रममा सहभागी बनेकी प्रधानले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति साझा गर्दै लेखेकी छन्—

> “फर्कँदा भने! मुटुभरि देशप्रेम र वीरहरूको त्यागको प्रेरणा बोकेर फर्किँदै छु। त्यहाँ मैले सुगन्धभन्दा महान् बलिदानको इतिहास भेटेँ। शिर झुकाएँ, आँखा रसाए, किनकि वीरहरूको त्यागअघि शब्दहरू पनि मौन हुँदा रहेछन्। अमर वीरहरूप्रति हार्दिक नमन।”

उनको यो भावपूर्ण अभिव्यक्तिले देशका लागि जीवन अर्पण गर्ने वीरहरूको बलिदान कहिल्यै नबिर्सनुपर्ने सन्देश दिएको छ। समारोहमा सहभागीहरूले पनि शहीद तथा वीर सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै राष्ट्रप्रेम, एकता र राष्ट्रिय स्वाभिमानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

देशको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय गौरवका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर वीरहरूको सम्झनामा आयोजित ७८औँ पिरकण्डी युद्ध सम्मान दिवसले उपस्थित सबैमा देशप्रेम र कर्तव्यबोधको भावना थप जागृत गराएको सहभागीहरूको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु