दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्टार नेपाल बास्केटबल लिग’ को फाइनल जुलाई ४ मा, उपाधिका लागि स्यान्डहस्र्ट र ग्रीनफोर्ड भिड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १७ गते, बुधबार ६:४१

काठमाडौँ – नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ’ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी असार २० गते (जुलाई ४ तारिख) शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ ।

नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस ऐतिहासिक लिगमा यस वर्ष पुरुषतर्फ ११ तथा महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । गत १५ मार्च २०२६ देखि सुरु भएको यस प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा ल्याएर खेलकुदप्रतिको आकर्षण र भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलहरूसँगै प्रतियोगिताको उपाधि भिडन्तको समीकरण पूरा भएको हो । पहिलो सेमिफाइनल खेलमा स्यान्डहस्र्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्समाथि १०९–७७ को फराकिलो अंक अन्तरले शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

अब उपाधिका लागि आगामी शनिबार लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्यान्डहस्र्ट निक्स र ग्रीनफोर्ड नाइट्सबीच भव्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेलले यस वर्षकै उत्कृष्ट स्तरको बास्केटबल कौशल प्रदर्शन गर्ने र उपाधिका लागि हुने भिडन्त निकै रोमाञ्चक हुने विश्वास लिगका संयोजक सार्थक गुरुङले व्यक्त गरे ।
यसैगरी, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पु¥याउन र सफल बनाउन अनवरत योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति विशेष आभार प्रकट गरेका छन् । उनले ब्रुनेल विश्वविद्यालयमा हुने फाइनल खेल प्रत्यक्ष अवलोकन गरी खेलाडीहरूको उत्साह बढाउन बेलायतमा रहेका सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु