दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौन क्रान्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १८ गते, बिहीबार ७:२९

लक्ष्मण भण्डारी

मौन भएर पनि यहाँ,
धेरै कुरा बोल्छु म।
घाउ लुकाएर ओठमा
हाँसो सधैं खोल्छु म।।
समयले पटक पटक,
परीक्षा त लियो मेरो।
हार मान्ने नाम कहिल्यै,
मनमा लिन्छु अठोट खेरो।।
विश्वास टुटे पनि यहाँ,
सपना मेरा मरेनन्।
अँध्यारो जति बढे पनि,
उज्यालोहरू डरेनन्।।
आँसुका ती हरेक थोपा
मेरा सच्चा शिक्षक बने।
पीडा र चोटहरूले नै,
मलाई झन् बलियो भने।।
फूलझैँ कोमल जीवन खोज्दा,
काँडाले रगत निकाल्यो।
तर त्यही हरेक चोटले,
नयाँ एउटा मार्ग देखाल्यो।।
संघर्षको यो मरुभूमिमा,
धैर्यता मैले गुमाइनँ।
चोट सहेर पनि कहिल्यै,
आफ्नो कदम रोकिनँ।।
एक दिन यस्तो बिहान आउनेछ,
जहाँ दुःखको अन्त हुनेछ।
अँध्यारो चिर्दै भाग्य मेरो,
खुसीको काखमा छुनेछ।।
त्यस दिन यो संसारले होइन,
मेरै उच्च स्वाभिमानले।
मेरो नाम चिनाउनेछ यहाँ,
मेरै कडा श्रम र ज्ञानले।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु