तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युगीन निर्देशक पवन जोशीको १२९औँ नेपालभाषा म्युजिक भिडियो ‘यचुगु नुगः’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २१ गते, आईतवार ५:३८

ललितपुर । युगीन निर्देशक पवन जोशीको निर्देशनमा तयार भएको १२९औँ नेपालभाषा म्युजिक भिडियो ‘यचुगु नुगः’ ललितपुरको सानेपास्थित मसला दरबारमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

समाजसेवी तथा गायिका सरिता महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा नेपालभाषा कला–संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सार्वजनिक गरिएको गीतमा नानी महर्जन र राजेश श्रेष्ठको सुमधुर स्वर रहेको छ भने सुमन कपालीले संगीत भरेका छन्। गीतका शब्द स्वयं निर्देशक पवन जोशीले रचना गरेका हुन्। म्युजिक भिडियोमा आरषु महर्जन र नसला महर्जनले नायक–नायिकाको भूमिकामा आकर्षक अभिनय गरेका छन्।

भिडियोको छायांकन राजेश शाक्यले गरेका हुन् भने सुरेन्द्र श्रेष्ठले सहनिर्देशकको भूमिका निर्वाह गरेका छन्। मौलिक नेपालभाषा संस्कृति, प्रेम, भावना र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि सरिता महर्जनले नेपालभाषा भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनाहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै सम्पूर्ण सर्जक टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले मौलिक पहिचान जोगाउन सर्जकहरूको निरन्तर सक्रियता आवश्यक रहेको धारणा राखिन्।

निर्देशक पवन जोशीले नेपालभाषा गीत–संगीतको विकास र प्रवर्द्धनका लागि आफू निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै ‘यचुगु नुगः’ आफ्नो निर्देशनको १२९औँ नेपालभाषा म्युजिक भिडियो भएको जानकारी दिए। कार्यक्रममा सहभागीहरूले जोशीको दीर्घकालीन योगदानको प्रशंसा गर्दै भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु