दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुङ्मतीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८५ जना लाभान्वित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २१ गते, आईतवार २१:०३

ललितपुर। ललितपुर महानगरपालिका–२२ स्थित बुङ्मती बसपार्कमा रिजन–५ अन्तर्गतका विभिन्न लायन्स क्लबहरू र बुङ्मती समुदायको संयुक्त आयोजनामा निःशुल्क जनरल हेल्थ चेकअप तथा मधुमेह (डायबेटिज) परीक्षण शिविर सम्पन्न भएको छ।

जुलाई ५ मा आयोजित शिविरबाट ८५ जना वयस्क तथा ज्येष्ठ नागरिक लाभान्वित भएको जानकारी लायन्स क्लब अफ काठमाडौं शुभताराकी अध्यक्ष लायन सुशीला श्रेष्ठले दिइन्। उनका अनुसार समुदायको स्वास्थ्य प्रवर्द्धन तथा सामाजिक सेवाप्रति समर्पित उक्त कार्यक्रमले लायन्सको मूल नाराः “We Serve” लाई व्यवहारमा उतारेको छ।


शिविरमा क्लस्टर चिफ तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट सेक्रेटरी लायन रविन्द्र रिमाल, डिस्ट्रिक्ट पब्लिक रिलेसन्स एन्ड कम्युनिकेसन डिपार्टमेन्ट चिफ लायन सुमन सिंह थापा, जोन चेयरपर्सन लायन राजेश हिमालय, लायन्स क्लब अफ काठमाडौं सहारा फेलोसिपका चार्टर प्रेसिडेन्ट राजेन्द्रकुमार मल्ल, रिजन चेयरपर्सन लायन युबी महरा (एमजेएफ), क्लस्टर चिफ अनु जोशी तथा लायन्सका अन्य पदाधिकारी, सदस्य र बुङ्मती टोल सुधार समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


शिविर सञ्चालनका लागि आवश्यक दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल मेडिसिटी अस्पतालप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा रिजन चेयरपर्सन लायन युबी महराले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी सेवा अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउँदै समुदायको हितमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले “जहाँ आवश्यकता, त्यहाँ लायन्सको सेवा” भन्ने भावनाअनुसार सेवा गतिविधिलाई निरन्तरता दिइने बताए।


आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु