दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २९ गते, सोमबार ४:३१

काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट शनिबार नयाँ कार्य समिति चयन गरेको छ । प्रज्ञाभवन काठमाण्डौमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएका थिए ।

प्रधानाङ्गले २१९ मत प्राप्त गरी प्रतिद्वन्दी उत्तमप्रसाद देवकोटालाई हराएका थिए । देवकोटाले १०७ मत प्राप्त गरेको थियो । यसै गरी महासचिवमा रोहितकुमार फुयालले १६३ मत प्राप्त गर्दा भक्तपुरका सुविन सितिखुले १६६ मत प्राप्त गरी विजयी भएका छन् ।

सचिवमा तेजबहादुर श्रेष्ठलाई पराजित गर्दै भक्तपुरका रविन भैनात्वले जितेको छ । भेनात्वले १८० मत प्राप्त गर्दा श्रेष्ठले १४६ मत प्राप्त गरेको थियो । यसै बीच कोषाध्यक्षमा चनकेशरी कोजूले १७४ मतका साथ प्रतिद्वन्दी ईश्वरबहादुर ढकाललाई पराजित गरेको थियो । ढकालले १५३ मत प्राप्त गरेको थियो ।

सचिव पद्मा विजयी भैनात्वले टुर्गानको नयाँ नेतृत्व चयन भएसँगै यस क्षेत्रको गुणस्तर, पर्यटकको सुरक्षा तथा देशको प्रतिष्ठा कायम राख्न गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम पूर्ण रूपमा नियन्त्रण गरी त्यस्ता गतिविधिमा कडाइका साथ प्रतिबन्ध लगाइने र ःपर्यटक पथप्रदर्शक (टुर गाइड) हरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम, परियोजना तथा सम्बन्धित संस्थाहरूमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराइने कार्य प्रवद्र्धन गरिने जनाउको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु