
काठमाडौं। नेपाली रैथाने अन्न र परम्परागत स्वादलाई आधुनिक बेकिङ प्रविधिसँग संयोजन गर्दै मिठो बेकरी प्रालि ले स्वास्थ्यवर्धक तथा गुणस्तरीय बेकरी उत्पादनमार्फत बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
वि.सं. २०७३ मा स्थापना भएको कम्पनीको प्रधान कार्यालय काठमाडौंको तारकेश्वर–११ मा रहेको छ। “स्वाद र स्वास्थ्यको पूर्ण संगम” भन्ने नारासहित सञ्चालनमा रहेको कम्पनीले स्थानीय किसानबाट प्राप्त अर्गानिक सामग्री प्रयोग गरी कुकिज, केक, ब्रेड तथा अन्य कन्फेक्सनरी उत्पादन गर्दै आएको छ।
कम्पनीका अनुसार कोदो, फापर, मकै, जौ, उवा, चिनो, कागुनो, सिस्नो, मोरिंगा तथा बदामजस्ता नेपाली रैथाने सामग्रीबाट तयार गरिएका स्वास्थ्यवर्धक कुकिज ग्राहकको विशेष रोजाइमा परेका छन्। यसका साथै जन्मदिन, विवाह तथा अन्य विशेष अवसरका लागि प्रिमियम तथा कस्टमाइज्ड केक, ताजा ब्रेड, क्रोसाँ, पेस्ट्री, पफ र मफिन पनि उत्पादन गरिँदै आएको छ।
कम्पनीले गुणस्तर, ताजगी, सरसफाइ र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएको जनाएको छ। अत्याधुनिक मेसिनरी, स्वच्छ उत्पादन प्रक्रिया तथा अनुभवी बेकर्सको टोलीमार्फत उत्पादन गरिने भएकाले आफ्ना उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ।
मिठो बेकरीले काठमाडौं उपत्यकासहित विभिन्न सुपरमार्केट तथा खुद्रा पसलमार्फत आफ्ना उत्पादनको वितरण गर्दै आएको छ। आगामी दिनमा देशका प्रमुख सहरहरूमा वितरण सञ्जाल विस्तार गर्नुका साथै नेपाली रैथाने स्वादका कुकिजलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको जनाएको छ।
कम्पनीका सञ्चालक योगेन्द्र थापा ले नेपाली रैथाने उत्पादनको प्रवर्द्धन गर्दै स्वास्थ्यमैत्री बेकरी उत्पादनमार्फत स्वदेशी स्वादलाई विश्व बजारमा चिनाउने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको बताए। उनका अनुसार स्थानीय किसानसँग सहकार्य गर्दै स्वदेशी कच्चा पदार्थको प्रयोगलाई अझ विस्तार गर्ने योजना रहेको छ।
सम्पर्क:
मिठो बेकरी प्रा.लि.
तारकेश्वर–११, नेपालटार, काठमाडौं
फोन: 986-1702631
इमेल: mithobakery45@gmail.com


