
ललितपुर — सामाजिक अभियन्ता तथा समाजसेवी अशोक बमजनले पुनः एकपटक सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्। लायन्स क्लब अफ काठमाडौं शुभतारामार्फत निरन्तर समाजसेवामा सक्रिय रहेका बमजनले बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा आयोजित वृक्षारोपण कार्यक्रममा बिरुवा उपलब्ध गराई सहयोग गरेका हुन्।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बमजनको योगदानको उच्च मूल्यांकन गर्दै लायन्स क्लब अफ नेपाल मेडिसिटीले विशेष धन्यवाद ज्ञापन गरेको जनाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं महिमाका चार्टर प्रेसिडेन्ट गणेश आचार्यको पनि सक्रिय सहभागिता र सहयोग रहेको थियो। सहभागीहरूले सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा सेवाभावलाई प्राथमिकता दिने यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
समाजमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका अशोक बमजनको सेवाभाव र योगदानलाई सहभागीहरूले अनुकरणीय भन्दै प्रशंसा गरेका छन्।


