दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमा किरात याक्थुङ चुम्लुङको नयाँ नेतृत्व चयन, अध्यक्षमा रेश्मा लिम्बू सर्वसम्मत

मनिषा अर्याल
प्रकाशित मिति : २०८३ श्रावण ६ गते, बुधबार ६:१६

निकोसिया (साइप्रस), समुद्रपारिको टापु राष्ट्र साइप्रसमा बसोबास गर्ने किरात समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा सक्रिय किरात याक्थुङ चुम्लुङ साइप्रसको आठौँ साधारणसभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

गत आइतबार लिमासोल सहरमा सम्पन्न अधिवेशनले रेश्मा लिम्बूलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। संस्थाको इतिहासमै महिलालाई सर्वोच्च नेतृत्वको जिम्मेवारी प्रदान गर्दै अधिवेशनले समावेशी नेतृत्व र लैङ्गिक समानताको सकारात्मक सन्देश दिएको छ।
अधिवेशनबाट अनुभवी अग्रज र युवा पुस्ताको समन्वयमा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिले साइप्रसमा रहेका किरात समुदायबीच एकता अभिवृद्धि गर्नुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

२०२६–२०३० कार्यकालका पदाधिकारी
अध्यक्ष : रेश्मा लिम्बू
प्रथम उपाध्यक्ष : रामप्रसाद नेम्वाङ
उपाध्यक्ष : सुकमाया मेन्याङ्बो लिम्बू (युपनामा)
सचिव : लोकेन्द्र पालुङ्वा लिम्बू
सहसचिव : यमुना सम्बाहाम्फे
कोषाध्यक्ष : इन्द्रकला माबो लिम्बू (श्रद्धा)
सहकोषाध्यक्ष : रनु सिङ्गक लिम्बू
सदस्यहरू
मनमाया काङ्भा लिम्बू, सुक्मिता सोदेम्बा लिम्बू, राजु आङ्देम्बे लिम्बू, विष्णु साँवा लिम्बू, ख्याम साँवा लिम्बू, सोनु येक्तेन लिम्बू, अञ्जना केरुङ लिम्बू, मञ्जु नेम्वाङ लिम्बू, कमला माबु लिम्बू, कौशिला देवान लिम्बू, दीपेन्द्र पालुङ्वा लिम्बू, मिङ्सो हाङ लावती लिम्बू, हेमराज इधिङ्गो लिम्बू, अमृता येक्तेन लिम्बू, मिनु मादेम्बा लिम्बू, भूमिका सिङ्गक लिम्बू, सङ्गीता सिङ्गक थाक्सु लिम्बू, पवित्रा कुरुम्वाङ लिम्बू, तारा लावती लिम्बू, दिव्या यक्वा लिम्बू, सावित्रा लिम्बू र माया तुम्सा लिम्बू।
संरक्षक तथा सल्लाहकार
संरक्षक : चुमन्ता तुम्बापो लिम्बू
प्रमुख सल्लाहकार : शान्ता ताम्लिङ लिम्बू
सल्लाहकार : गंगा कुरुम्वाङ लिम्बू

अधिवेशनमा साइप्रसभरबाट आएका किरात समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरू परम्परागत किरात पोशाकमा सजिएका थिए, जसले कार्यक्रमलाई सांस्कृतिक उत्सवको स्वरूप दिएको थियो।
नवनिर्वाचित अध्यक्ष रेश्मा लिम्बूले आफ्नो कार्यकालमा भाषा, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै समुदायको एकता र सामाजिक हितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“हामी आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्दै साइप्रसमा रहेका हरेक किरात तथा गैरकिरात समुदायको सुख–दुःखमा साथ दिनेछौं। यो जित सम्पूर्ण समुदायको जित हो,” अध्यक्ष लिम्बूले भन्नुभयो।
कार्यक्रममा उपस्थित अग्रज, समाजसेवी तथा शुभेच्छुकहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै समुदायको हकहित, भाषा, संस्कृति र सामाजिक एकताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनले साइप्रसमा रहेका सम्पूर्ण किरात समुदायलाई अझ सुदृढ रूपमा एकताबद्ध गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु