दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेक्वान्दो टोली चीन प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १० गते, आईतवार ४:४८

हाइनान बिच तेक्वान्दो एलिट प्रतियोगितामा सहभागी हुन १४ खेलाडीसहित १६ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार चीनको सान्या प्रस्थान गरेको छ ।
जुलाइ २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा दिपश्री तामाङ, जोलिना बस्नेत, ह्रदयानी बस्नेत, लवयोग सुनुवार, कुशयोग सुनुवार, सोहन पाठक, सिर्जल ढकाल, छुल्टिम लामा, पार्वती बस्नेत, पूजा क्षेत्री, राजकुमार लामा, अमी कार्की, अनुप शाक्य र अनुस्टिन पाण्डे रहेका छन् । खेलाडीले क्योरुगी, ब्रेकिङ र पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी काजल श्रेष्ठ तथा निर्णायकमा कुमार लामा घिसिङ रहेका छन् । टोलीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु