दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १० गते, आईतवार ४:५६

बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।
परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा उनीहरुलाई प्रशंसा पत्र र गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे । सोही अवसरमा करातेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगितामा दियाले क्याडेट महिला ६१ केजीमुनि तथा दीक्षाले चिल्डे«न ३५ केजीमुनि स्वर्ण जितेका थिए । दियाले श्रीलंकामा भएको उक्त प्रतियोगिताको नवौं संस्करणमा रजत जितेकी थिइन् ।
त्यस्तै थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दियाले १ कांस्य तथा दीक्षाले २ कांस्य जितेका थिए । जापानमा भएको अन्तर्राष्ट्रिय करातेमा पनि प्रतिस्पर्धा गरेकी दियाले कांस्य जितेकी थिइन् ।
प्रबन्ध निर्देशक श्रेष्ठले पदक विजेतालाई एक्सटेपको तर्फबाट सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
प्रशिक्षक श्रेष्ठले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै एक्सेटपले खेलकुदसंगको सम्बन्धलाई अझ फराकिलो बनाउन आग्रह गरे ।
दियाले बुवा दावाकै सक्रियाताका कारण सानै उमेरदेखि करातेमा लागेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउदै पदक जित्न सफल भएको बताइन् । कराते पृष्ठभूमिका दियाका बुवा दावा हाल अल्ट्रा÷ट्रेल रनर हुन् ।

ब्रिबेनमा प्रगति, आयुश र आदिशलाई स्वर्ण
प्रगति कुइकेल, आयुश ढुंगेल र आदिश खड्काले कबुलचर खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा शनिबार स्वर्ण जितेका छन् ।
अस्ट्रेलियाको ब्रिसबेनमा भएको प्रतियोगितामा प्रगतिले १८–३२ वर्ष उमेरसमूहको तेश्रो डान महिला एकल पुम्सेमा स्वर्ण जितिन् । आयुश र आदिशले १८–३२ वर्ष उमेरसमूहको तेश्रो डान महिला एकल पुम्सेमा स्वर्ण जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु