दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ विविध कार्यक्रमसहित मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण ११ गते, सोमबार १८:५५

काठमाडौं — नेपालमा शताब्दीयौँदेखि विभिन्न जातजाति तथा समुदायले खेती, संरक्षण र उपभोग गर्दै आएको कोदो नेपालको महत्त्वपूर्ण रैथाने अन्नबाली हो। विशेषगरी पहाडी क्षेत्रमा मकैपछिको प्रमुख बालीका रूपमा खेती गरिँदै आएको कोदो नेपाली कृषि प्रणाली, खाद्य संस्कृति, परम्परा तथा ग्रामीण जीवनसँग गहिरोसँग जोडिएको छ।

कोदो पौष्टिक, खडेरी सहनशील तथा जलवायु अनुकूलनशील अन्नबालीका रूपमा परिचित छ। यसमा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन्। उपलब्ध तथ्याङ्कअनुसार कोदोमा करिब ७६.३२ प्रतिशत कार्बोहाइड्रेट, ९.२ प्रतिशत प्रोटिन, ६.१ प्रतिशत खनिज पदार्थ र १.३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ। साथै, यसमा क्याल्सियम, आइरन, फाइबर तथा एन्टिअक्सिडेन्टसमेत पर्याप्त मात्रामा हुने भएकाले यसलाई पोषणयुक्त खाद्यान्नका रूपमा लिइन्छ।

कम उर्वराशक्ति भएका जमिन तथा सीमित कृषि स्रोत भएका क्षेत्रमा समेत सहज रूपमा उत्पादन गर्न सकिने कोदो खाद्य तथा पोषण सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण बाली हो। जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रणालीमा देखिएका चुनौतीबीच कोदो जस्ता खडेरी सहनशील तथा जलवायु अनुकूलनशील बालीको संरक्षण, उत्पादन तथा प्रवर्द्धनको आवश्यकता अझ बढ्दै गएको छ।
नेपालको कृषि जैविक विविधता संरक्षण, किसानको आय अभिवृद्धि तथा दिगो कृषि प्रणालीको विकासमा कोदोको महत्त्वपूर्ण भूमिका रहेको छ। यसको उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, प्रशोधन, बजारीकरण तथा उपभोग विस्तारका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यसै सन्दर्भमा दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ देशभर विविध जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमका साथ मनाइँदै छ। दिवसका अवसरमा कोदोको महत्त्वबारे अन्तरक्रिया, प्रदर्शनी, किसान सम्मान, कोदोबाट बनेका परिकार प्रदर्शन तथा प्रचार–प्रसारका कार्यक्रम आयोजना गरिएका छन्। सरोकारवाला निकायहरूले कोदोको उत्पादन र उपभोग वृद्धि गर्दै पोषण सुरक्षा, खाद्य आत्मनिर्भरता र जलवायु–मैत्री कृषि प्रणालीको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु