दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आइची–नागोया एसियाली खेलकुदका सहभागीका लागि सुरक्षा अभिमुखीकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १३ गते, बुधबार ७:१६

काठमाडौं — नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आगामी आइची–नागोया एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी तथा अफिसियलहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेका छन्।
मंगलबार एनओसी भवनमा आयोजित कार्यक्रममा ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न सबैका लागि सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ तथा सदस्यद्वय प्रतिभा जोशी र डा. प्रमिला थापाले खेलकुद सुरक्षाका सिद्धान्त, उत्पीडन तथा दुर्व्यवहारको रोकथाम, खेलाडीहरूको अधिकार र कल्याणको संरक्षण तथा सुरक्षित खेलकुद वातावरण प्रवर्द्धनमा खेलाडी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको साझा जिम्मेवारीबारे प्रस्तुति दिनुभयो।
यस अवसरमा एनओसीका सहमहासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी आइची–नागोया एसियाली खेलकुदका लागि नेपालको सुरक्षा अधिकारी नियुक्त गरिएको जानकारी पनि दिइयो।
कार्यक्रमको पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, धनुर्विद्या, कबड्डी र टेबलटेनिसका खेलाडी, प्रशिक्षक तथा प्रबन्धक सहभागी थिए। दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबलटेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एनओसीका अनुसार अभिमुखीकरण कार्यक्रमको उद्देश्य आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति, आचारसंहिता र सुरक्षित अभ्यासबारे आवश्यक जानकारी गराउनु हो। बाँकी खेलका सहभागीहरूका लागि पनि यस्तै अभिमुखीकरण सत्र सञ्चालन गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु