
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका संगठनात्मक गतिविधि तथा अन्य समसामयिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।


