तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेक्रेड हार्ट स्कुलमा कक्षा ११ का नयाँ विद्यार्थीलाई भव्य स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १५ गते, शुक्रबार १२:२८

काठमाडौं, श्रावण १५। सेक्रेड हार्ट स्कुल एन्ड कलेज (+२), तारकेश्वरद्वारा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “हार्दिक स्वागत – हाम्रो नयाँ परिवार, कक्षा ११” शीर्षकमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा आत्मीय स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरिएको थियो।

टुषाल मल्टी भेन्युमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा कक्षा १२ (२०८३) का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत मन्तव्य, परिचयात्मक सत्र, प्रेरणादायी सन्देशका साथै विद्यार्थीहरूले प्रस्तुत गरेका बेजोड सांस्कृतिक नृत्य तथा अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू कार्यक्रमका मुख्य आकर्षण बनेका थिए। विद्यार्थीहरूको आकर्षक नृत्य प्रस्तुतिले उपस्थित सबैको मन जित्दै कार्यक्रमलाई थप उल्लासमय र स्मरणीय बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल बद्री भट्टले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई आत्मसात् गर्दै भविष्य निर्माणमा केन्द्रित हुन आग्रह गरे। उनले भने, “सेक्रेड हार्ट स्कुल एन्ड कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यहाँ विद्यार्थीले शैक्षिक ज्ञानसँगै अनुशासन, नेतृत्व क्षमता र असल संस्कार पनि सिक्ने अवसर पाउँछन्। मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढे सफलता अवश्य प्राप्त हुन्छ।”

कक्षा १२ (२०८३) का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमले नयाँ विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालयप्रति अपनत्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु