तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लायन्स क्लब अफ काठमाडौं महिमाद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३५ पिन्ट रगत संकलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १७ गते, आईतवार ६:२४

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, नेपाल (LY 2026–2027) अन्तर्गत लायन्स क्लब अफ काठमाडौं महिमा को आयोजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन भएको छ।
क्लबका चार्टर प्रेसिडेन्ट गणेश आचार्य को नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदानमार्फत जीवन बचाउने मानवीय अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नागदर्शन टोल सुधार समिति, मुलपानी–६ तथा सुनुवार सेवा समाज कागेश्वरी मनोहरा नगर समिति ले सह–आयोजकको भूमिका निर्वाह गरेका थिए भने TU Lions Blood Transfusion and Research Center, कीर्तिपुर ले प्राविधिक सहयोग प्रदान गरेको थियो।

आयोजकका अनुसार संकलित ३५ पिन्ट रगतले आकस्मिक अवस्था तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने धेरै बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सह–आयोजक संस्था, प्राविधिक टोली, स्वयंसेवक तथा अमूल्य रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति लायन्स क्लब अफ काठमाडौं महिमा ले हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ।

क्लबले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता मानवीय र रचनात्मक अभियानलाई निरन्तरता दिँदै समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु