दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ को ट्यालेन्ट शो सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १७ गते, आईतवार २०:१३

काठमाडौं — नेपालिज फेसन होमले आयोजना गर्दै आएको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शो गौशालास्थित पशुपति भिजनको होटल पौवामा सम्पन्न भएको छ।
१९औँ संस्करणको प्रतियोगितामा सहभागी १७ जना प्रतिस्पर्धीले नृत्य, गायन, चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य तथा वक्तृत्वकलालगायत विविध सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए। अधिकांश प्रतिस्पर्धीले नेवारी गीतमा आकर्षक नृत्य प्रदर्शन गरेका थिए।
आयोजकका अनुसार ट्यालेन्ट शोको मूल्याङ्कनका आधारमा छनोट हुने ‘मिस ट्यालेन्ट’ उपाधिको विजेताको घोषणा आगामी भदौ ६ गते हुने ग्रान्ड फिनालेका दिन गरिनेछ।
कार्यक्रम नेपालिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा प्रोफेसर डा. बिमला शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा अघिल्ला संस्करणका विजेताहरूको पनि उपस्थिति रहेको थियो।
ट्यालेन्ट शोको निर्णायक मण्डलमा जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, रोहन श्रेष्ठ, अनिल स्थापित र गंगा महर्जन रहेका थिए।
स्वागत मन्तव्यका क्रममा अध्यक्ष हेमा मानन्धरले नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले मिस नेवाः प्रतियोगिता आयोजना हुँदै आएको बताइन्।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भदौ ६ गते आयोजना हुने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु