तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमालयन कम्युनिटी प्रोजेक्टले कक्षा १२ सम्मका विद्यार्थीलाई नि:शुल्क हाइकिङ गराउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १९ गते, मंगलवार ५:५३

​काठमाडौँ । हिमालयन कम्युनिटी प्रोजेक्ट (Himalayan Community Project) ले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नि:शुल्क हाइकिङ सुविधा दिने भएको छ। विद्यार्थीहरूमा पर्ने आर्थिक भार कम गर्न र उमेर अनुसार नयाँ कुरा सिक्ने तथा अनुभव बटुल्ने अवसर प्रदान गर्ने उद्देश्यले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सुविधा उपलब्ध गराइएको हो।

​युवा अवस्थादेखि नै प्रकृतिसँग जोडिन र नयाँ वातावरणमा नयाँ कुरा सिक्न मद्दत पुगोस् भन्ने हेतुले विद्यार्थीहरूलाई हाइकिङमा प्राथमिकता दिइएको संस्थाले जनाएको छ।

​संस्थाले ‘हाइक फर हेल्थ’ (Hike for Health) भन्ने मूल नाराका साथ प्रत्येक हप्ताको शनिबार नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। पैदल यात्रा (हिँडाइ) मार्फत नागरिकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।

​हिमालयन कम्युनिटी प्रोजेक्ट एक गैरनाफामूलक तथा विशुद्ध सामाजिक संस्था भएको यसका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएका छन्। संस्थाले समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको अध्यक्ष सापकोटाको भनाइ छ।

​उनका अनुसार संस्थाले सडकका छाडा तथा अबोध जनावरहरूलाई खाना खुवाउने, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, गरिब तथा असहाय बालबालिकाहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने, वातावरण संरक्षणका लागि वृक्षारोपण गर्ने र नियमित हाइकिङ सञ्चालन गर्ने जस्ता विविध सामाजिक कार्यहरू सम्पादन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु