दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र १ गते, सोमबार १:१४

काठमाडौं, – पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोटर््स सेन्टरमा आइतबार भएको प्रतियोगिता
न्यु होराइजन च्याम्पियन भएको हो । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालीमाथि ६–० को सहज जित रच्यो । न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे । टीका मगर र अनमोल राईले एक गोल थपेपछि न्यु होराइजनले सहज जित रचेको हो । युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । युकिगुनीले तेस्रो स्थानका लागि भएको खेलमा लोमस अब्रोड स्टडी प्रालीलाई ६–० ले हराएको थियो ।
एकदिने प्रतियोगितामा भएको पहिलो सेमिफाइनलमा न्यु होराइजनले युकिगुनीलाई ६–३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा तिरुपातीले लोमस एजुकेसनललाई ४–२ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । प्रतियोगिताको बेस्ट गोलकिपर च्याम्पियन न्यु होराइजनका अनमोल राई घोषित भए । बेस्ट प्लेअरको ट्रफी भने तिरुपातीका निखिल ढुङ्गानाले प्राप्त गरे । दुवैलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे । विजेता न्यु होराइजनले एक लाख र उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनीहरूलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी प्रदान गरेका थिए ।
सो अवसरमा जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंहले आगामी दिनमा पनि आफ्नो संस्थाले खेलकुदमा विभिन्न प्रतियोगिता र प्रोत्साहन कार्यक्रम आयोजना गर्दै स्वच्छ नागरिक उत्पादनमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । तेस्रो स्थानको युकिगुनीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उक्त प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु