दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार ५:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरेको छ ।

नेपाल क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको सम्भावनालाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित सुदूरपश्चिम रोयल्स र नेस स्पोर्ट ग्लोबलबीच रणनीतिक साझेदारी भएको हो ।

नेस स्पोर्ट ग्लोबलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निसान्त अल्भारेस र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सीईओ अल्भारेसले नेपाल क्रिकेटका लागि महत्वपूर्ण समयमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए ।

“नेपाल क्रिकेट राष्ट्रका रूपमा अघि बढिरहेको र यसको सम्भावना निकै ठूलो रहेकोमा हामी पूर्ण विश्वस्त छौं । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काको नेतृत्वमा बलियो र सफल फ्रेन्चाइज निर्माण गर्ने दृष्टिकोणसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं,” अल्भारेसले भने, “यो साझेदारीलाई सम्भव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेस स्पोर्ट ग्लोबलका नेपाल प्रमुख सञ्चालन अधिकृत राजीव तिवारीप्रति पनि आभार व्यक्त गर्दछौं । नेपाल क्रिकेटको विकासमा योगदान पुर्‍याउँदै सुदूरपश्चिम रोयल्सलाई नेपालसँगै विश्वस्तरमा अझ उचाइमा पुर्‍याउन हामी उत्साहित छौं ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नेस स्पोर्ट ग्लोबलसँगको साझेदारीले टोलीलाई थप रणनीतिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“नेस स्पोर्ट ग्लोबलसँगको यो साझेदारीलाई हामीले निकै सकारात्मक र महत्वपूर्ण रूपमा लिएका छौं । तेस्रो संस्करणको एनपीएलमा प्रवेश गर्दा टोलीलाई मैदानभित्र मात्र नभई व्यावसायिक र रणनीतिक रूपमा पनि अझ बलियो बनाउने हाम्रो लक्ष्य छ । नेस स्पोर्ट ग्लोबलबाट तेस्रो संस्करणमा रणनीतिक रूपमा उत्कृष्ट साथ र सहकार्य रहनेमा हामी विश्वस्त छौं,” खड्काले भने, “यस साझेदारीले सुदूरपश्चिम रोयल्सको ब्रान्डलाई थप विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहुँच बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु