दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्रह्माकुमारीज नेपालद्वारा भदौ ५ देखि देशभर बृहत् रक्तदान अभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार ५:१७

काठमाडौं — ब्रह्माकुमारीजले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्य तिथिको अवसरमा विश्वव्यापी रूपमा आयोजना गर्न लागेको बृहत् रक्तदान अभियानअन्तर्गत ब्रह्माकुमारीज नेपालले पनि देशभर रक्तदान तथा रक्तसंकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

“ज्ञान–पान, योग–ध्यान, रक्तदान” भन्ने सन्देशसहित आगामी भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिने ब्रह्माकुमारीज नेपालले जनाएको छ। अभियानमार्फत रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै आवश्यक परेका बिरामीलाई सहयोग गर्ने संस्थाको उद्देश्य छ।

ब्रह्माकुमारीज आध्यात्मिक संस्थाका साथै सामाजिक सेवामा समेत सक्रिय संस्था रहेको जनाउँदै नेपालमा रेडक्रस, अस्पताल तथा अन्य सामाजिक संस्थासँग सहकार्य गरी रक्तदान तथा रक्तसंकलन कार्यक्रम गर्दै आएको जनाएको छ। संस्थाले नशामुक्ति अभियान, प्राकृतिक विपद्मा सहयोग तथा अन्य सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ।
दादी प्रकाशमणिको स्मृतिमा रक्तदान अभियान सञ्चालन गर्नुको उद्देश्य उहाँले आफ्नो जीवनकालमा मानव समाज र विश्वमा पुर्‍याएको आध्यात्मिक तथा सामाजिक योगदानको स्मरण गर्नु रहेको संस्थाले जनाएको छ।

सन् १९२२ मा जन्मिएकी दादी प्रकाशमणिले १४ वर्षको उमेरदेखि आध्यात्मिक ज्ञानमा जीवन समर्पित गरेको ब्रह्माकुमारीजले जनाएको छ। उहाँले सन् १९७२ देखि ब्रह्माकुमारीजमार्फत विदेश सेवा विस्तार गर्नुभएको थियो। सन् १९८६ मा उहाँले नौवटा देशबाट ‘शान्तिदूत’ अवार्ड प्राप्त गरेको तथा संयुक्त राष्ट्रसंघमा आर्थिक मामिलासम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गरेको संस्थाको भनाइ छ। सन् १९९२ मा मोहनलाल सुखाडिया विश्वविद्यालय, उदयपुरबाट उहाँलाई डक्टर उपाधिबाट सम्मान गरिएको थियो।

दादी प्रकाशमणिको स्मृतिमा यसअघि पनि विश्वव्यापी रक्तदान अभियान सञ्चालन गरिएको थियो। संस्थाका अनुसार गत वर्ष नेपाल र भारतबाट गरी ८८ हजार पिन्ट रक्त संकलन भएको थियो, जसमा नेपालबाट मात्रै ११ हजार ५१६ पिन्ट रक्त संकलन गरिएको थियो। भारतको OMG Book of Records मा ८८ हजार पिन्ट रक्त संकलनको रेकर्ड समेत कायम भएको संस्थाले जनाएको छ।
यस वर्ष पनि उल्लेखनीय मात्रामा रक्तसंकलन गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्न लागिएको ब्रह्माकुमारीज नेपालले जनाएको छ।
अभियानमा रक्तदानसँगै सकारात्मक सोच र ध्यानको सन्देशलाई समेत जोड दिइएको छ। रक्तदानअघि आध्यात्मिक ज्ञानका पुस्तकका नैतिक तथा सकारात्मक सन्देश अध्ययन गराई सकारात्मक चिन्तनका साथ रक्तदान गराउने अवधारणा कार्यक्रमले अघि सारेको छ।

ब्रह्माकुमारीज नेपालले यस वर्षको रक्तदान अभियानको औपचारिक शुभारम्भ श्रावण ३१ गते काठमाडौंको महेन्द्र पुलिस क्लब, प्रदर्शनी मार्गमा कार्यक्रम आयोजना गरी गरिसकेको जनाएको छ। आगामी भदौ ५ गतेदेखि भने विभिन्न स्थानमा अभियानलाई व्यापक रूपमा सञ्चालन गरिनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु