दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फर्निचर उद्योगमा योगदान पुर्‍याएका मोहन प्रसाद दनाई थाइल्यान्डमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १८:३४

काठमाडौं — सोफा हब चितवनका प्रमुख तथा अध्यक्ष मोहन प्रसाद दनाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा फर्निचर उद्योगतर्फ पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन्।

उद्यमशीलता, गुणस्तरीय उत्पादन, उत्कृष्ट कारीगरी तथा व्यावसायिक नेतृत्वमार्फत फर्निचर उद्योगको विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप दनाईलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा थाइल्यान्डमा सम्पन्न समारोहमा व्यवसाय, शिक्षा, सञ्चार, सामाजिक सेवा, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली उद्यमी तथा व्यवसायीले स्वदेशमा सिर्जना गरेको रोजगारी, गुणस्तरीय उत्पादन र व्यावसायिक योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नु गौरवको विषय भएको बताए। यस्ता सम्मानले नेपाली उद्यमीलाई थप उत्साह प्रदान गर्दै नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्ने उनको भनाइ थियो।

सापकोटाले नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा पर्यटन सम्बन्धलाई थप विस्तार गर्दै नेपाली उत्पादन र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्नेमा जोड दिए।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
सम्मानपत्रमा दनाईले फर्निचर उद्योगमा उद्यमशीलता, गुणस्तरीय कारीगरी तथा प्रभावकारी व्यावसायिक नेतृत्वमार्फत पुर्‍याएको योगदानको प्रशंसा गरिएको छ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले दनाईको सम्मान नेपाली फर्निचर उद्योगको क्षमता र उद्यमशीलताको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले स्वदेशी उत्पादन र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्यमीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उल्लेख गर्दै दनाईको सफलताले अन्य नेपाली व्यवसायीलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे।

थाइल्यान्डमा प्राप्त यस सम्मानले नेपाली फर्निचर उद्योग र उद्यमशीलताको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा थप योगदान पुग्ने विश्वास गरिएको छ। दनाईलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी व्यावसायिक यात्राका लागि शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु