दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुजल पन्तलाई ‘यङ बिजनेस लिडर’ सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १९:५२

काठमाडौं — युवा व्यवसायी सुजल पन्त थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘Young Business Leader’ विधामा सम्मानित भएका छन्।

व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता, उद्यमशीलता तथा युवा पुस्तालाई व्यवसायमा अघि बढ्न प्रेरित गरेको योगदानको कदरस्वरूप पन्तलाई उक्त सम्मान प्रदान गरिएको हो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, उद्यमशीलता, लगानी, सामाजिक सेवा, पर्यटन, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले युवाको नेतृत्व र उद्यमशीलता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण आधार भएको बताए। उनले युवा व्यवसायीलाई नयाँ सोच र सिर्जनशीलतासहित अघि बढ्न प्रोत्साहित गर्दै नेपाल–थाइल्यान्डबीच व्यापार तथा पर्यटन सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

सापकोटाले नेपालका पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै व्यवसाय र पर्यटनलाई सँगसँगै अघि बढाउन सके मुलुकमा रोजगारी र आर्थिक अवसर विस्तार गर्न सकिने धारणा व्यक्त गरे। उनले लुम्बिनी, पोखरा, चितवन, सगरमाथा, पशुपतिनाथ तथा मुक्तिनाथलगायत गन्तव्यको प्रभावकारी प्रचार–प्रसारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले सुजल पन्तको सम्मान युवा पुस्ताको व्यवसायिक नेतृत्व र उद्यमशीलताको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले नयाँ पुस्तालाई व्यवसायमा सिर्जनशील र जिम्मेवार नेतृत्व विकास गर्न यस्ता सम्मानले थप प्रेरणा दिने उल्लेख गरे।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

पन्तलाई प्राप्त सम्मानले नेपाली युवा व्यवसायीको नेतृत्व क्षमता, उद्यमशीलता तथा व्यावसायिक योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिलाएको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु