तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साहित्यकार शम्भु विक्रमध्वज जोशी थाइल्यान्डमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार २०:१९

काठमाडौं — वरिष्ठ नेपाली साहित्यकार शम्भु विक्रमध्वज जोशी थाइल्यान्डमा आयोजित Asia Global Excellence Award–2026 समारोहमा उच्च साहित्यिक सम्मानबाट सम्मानित भएका छन्।
नेपाली साहित्यको विकास, सिर्जना तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप जोशीलाई उक्त सम्मान प्रदान गरिएको हो।

थाइल्यान्डमा आयोजित विशेष समारोहमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पुर्‍याएको योगदान, साहित्यिक सिर्जनशीलता तथा नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा खेलेको भूमिकाको सम्मान गरिएको आयोजकले जनाएको छ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा साहित्य, शिक्षा, सञ्चार, सामाजिक सेवा, पर्यटन, व्यवसायलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा साहित्यकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्‍याउन तथा नेपाल–थाइल्यान्डबीच साहित्यिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमले योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले वरिष्ठ साहित्यकार जोशीलाई प्रदान गरिएको सम्मान नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान र सम्मानको विषय भएको बताए। उनले साहित्यकार तथा स्रष्टाको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्दा नयाँ पुस्तालाई भाषा, साहित्य र सिर्जनातर्फ आकर्षित गर्न थप प्रेरणा मिल्ने उल्लेख गरे।

जोशीलाई प्राप्त सम्मानले नेपाली साहित्यको गरिमा र योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको आयोजकले जनाएको छ। वरिष्ठ साहित्यकार शम्भु विक्रमध्वज जोशीलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु