दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ६ गते, शनिबार १८:०२

काठमाडौं ।मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको सिनियर ब्वाइजको प्रतिपर्धात्मक फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३–५८ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १८ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १९ अंक सहयोगमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९–१४ ले हरायो ।
जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० ले पाखा लगायो । एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ स्कोर गरे ।
सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी र जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा सम्पदा, सिनियर गल्र्समा आर्या एकेडेमी र जुनियर ब्वाइजमा तेजस्वी एकेडेमीले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रा.डा. रामकृष्ण महर्जन, ग्रिनफिल्डका कार्यकारी निर्देशक राजुराम अधिकारी र निर्देशक अर्जुन अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ग्रिनफिल्डमा लगातार १५ वर्षसम्म बास्केटबल प्रशिक्षकका रुपमा कार्यरत रमेश लामालाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा ३० तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु