दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ७ गते, आईतवार २०:२१

बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।
सन् २०२६ को जुलाई १५ देखि १९ तारिखसम्म भएको दक्षिण एसियाली करातेको विभिन्न स्पर्धामा मिनबहादुर तामाङले स्वर्ण, सुविन सुनारले रजत तथा अनु मुक्तान तामाङ, रेगन घले र नोर्विन गजुरेलले कांस्य जितेका थिए । मिनलाई कराते प्रशिक्षक महेश महर्जनले प्रोत्साहन स्वरुप व्यक्तिगत ५ हजार नगद पुरस्कार पनि प्रदान गरेका थिए । मिन जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

सोही अवसरमा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको विभिन्न स्पर्धामा पदक जितेका तेजस्वीका विद्यार्थी निरज शाह पनि सम्मानित भए ।
ग्रेडिङमा ७० खेलाडी सहभागी थिए । त्यसमध्ये मिचेल घले उत्कृष्ट खेलाडी घोषित भइन् । सशस्त्र प्रहरीका एसएसपी जहरसिंह बुढा मगर, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, तार्केश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै ग्रेडिङमा सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु