दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोनालिशा खम्बू चेस प्रशिक्षकलाई ट्रेनिंग दिन कक्स–बजार, बंगलादेश प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ७ गते, आईतवार २०:२४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको पर्यटकीय सहर कक्स–बजार प्रस्थान गरेकी छन् ।
उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले मुभमेन्ट इन रिफ्युजी (एमआईआर) र हिमालयन चेस एकेडेमी (एचसीए) को सहकार्यमा सन्चालन गरिने एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा फिडे इन्स्ट्रक्टर (एफआई) को जिम्मावारीसहित बंगलादेश पठाएको हो । उनले एमआईआर, यूएनएचसीआर र कक्स–बजार चेस क्लबका २० जनालाई ट्रेनिंग दिनेछिन्, जसब उनीहरू सामुदायिक प्रशिक्षक बन्नेछन् ।
हिमालयन चेस एकेडेमीकी संस्थापक र फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी खम्बूले यसअघि चेस फर प्रोटेक्सन अन्तर्गत कक्सबजारस्थित रोहिंग्या शरणार्थी समुदायका बालबालिकालाई पनि चेस ट्रेनिंग दिइसकेकी छन् ।
अमेरिकी संस्था द गिफ्ट अफ चेसकी एम्बासडरसमेत रहेकी खम्बू नेपालकी पहिला महिला राष्ट्रिय च्याम्पियन हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै चेस ओलम्पियाड (सन् २०१४, २०१६ र २०१८), एसियन गेम्स (२००६ र २०१०), एसियन इन्डोर एन्ड मार्शल आट्र्स गेम्स (२००९, २०१३ र २०१७) लगायत थुप्रै प्रतियोगिता खेलेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु