दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसको विश्व सञ्जालको प्रथम संयोजकमा विष्णु सुवेदी नियुक्त

निशान्त पाठक युएई
प्रकाशित मिति : २०८३ भाद्र २५ गते, बिहीबार ७:४४

नेपाली कांग्रेस पार्टी अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गतको विश्व सञ्जालको प्रथम संयोजकको जिम्मेवारी विष्णु सुवेदीले पाएका छन् । विश्व सञ्जालले सुवेदीलाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो ।

नेपाली कांग्रेस पार्टी अन्तर्गतको विश्व सञ्जालका मध्यपूर्व संयोजक नानु काजी अर्यालले सुवेदीलाई विश्व सञ्जालको प्रथम संयोजकमा नियुक्त गरिएको पुष्टि गरे ।

विश्व सञ्जालको नेतृत्वमा सुवेदीको नियुक्तिलाई नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय समन्वय तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिदै नयाँ जिम्मेवारीसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक तथा प्रवासी नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

साथै, पार्टीको विश्वव्यापी संगठन विस्तार, आपसी समन्वय र प्रवासमा रहेका नेपालीहरूको आवाजलाई थप प्रभावकारी रूपमा समेट्न सुवेदीको नेतृत्वले सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु