
नेपालमा मास्र्टस तहमा अध्यापन गराउनका लागि काठमाडौं विश्वविद्यालयले “एप्लाइड बिहेभियर एनलाइसिस–एबिए” कोर्सको शुरुवात गरेको छ । राजधानिमा आयोजना गरिएको एक समारोहमा सो कोर्सबारे जानकारी दिइएको हो । कार्यक्रमलाई संवोधन गर्नुहुँदै काठमाडौं विश्वविद्यालयका शिक्षा संकायका डिन प्रा.डा. बालचन्द्र लुईंटेलले यो कोर्स नेपालका लागि मात्र नभएर दक्षिण एशियामै पहिलो पटक अध्यापन गर्न लागिएको बताउँनु भयो ।
कार्यक्रममा सोही विश्वविद्यालयका एशोसियट डिन शेषकान्त पंगेनीले शिक्षा संकाय अन्र्तगत विश्वविद्यालयले आफ्नो के कस्तो लक्ष्य, कार्यदिशा तथा मूल्यमान्यताहरू रहेका छन् भन्ने बारेमा बिस्तृत प्रश्तुतीकरण राख्नुहुँदै मुलुक भित्र दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताउँनु भयो ।
यसैगरी सो विश्वविद्यालयसँग आबद्ध रहेका डा. निल मार्टिनले एप्लाइड बिहेभियर एनलाइसिस बारेको बुझाई, अन्र्तराष्ट्रिय अभ्यास तथा नेपालमा यसको प्रासंगिकता कस्तो छ भन्ने बारेमा एक प्रश्तुतिकरण गर्नुभयो भने बिहेभियर मोमेन्टम इण्डियाका फाउण्डर क्लिनिकल डाइरेक्टर डा. स्मिता अवस्थीले एप्लाइड बिहेभियर एनलाइसिसको सुपरिवेक्षणको अभ्यास तथा यस सम्बन्धी सक्षम प्राक्टिसनर कसरी उत्पादन गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रश्तुतिकरण दिनुभयो ।
काठमाडौं विश्वविद्यालयमा शिक्षा संकाय मातहतमा रहने गरि “समावेशी शिक्षा, प्रारम्भिक बालविकास तथा पेशागत अध्ययन विभाग” अन्र्तगत राखिएको यो कोर्सलाई अवानी फाउण्डेसन नामक संस्थाले सहकार्य गरेको छ । यसै संदर्भमा प्रकाश पार्नुहुँदै बारे अवानी फाउण्डेसनका संस्थापक तथा अध्यक्ष एवं नेपालको एक मात्र सर्टिफाइड प्राक्टिीसिङ बिहेभियर एनलाईसिस्ट प्रज्ञा श्रेष्ठ प्रधानले नेपालमा व्यवहारजन्य समस्या जरैदेखि सुधार गर्नका लागि यो कोर्सले अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताउँनु भयो ।


