दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, उद्योगको आवश्यकताअनुसार युवाको सीप विकासमा जोड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र २७ गते, शनिबार ७:११

काठमाडौं, भाद्र २६ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल भएको हो ।
भेटवार्तामा अध्यक्ष अग्रवालले नेपालको उपलब्ध प्राकृतिक तथा आर्थिक स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै युवालाई उद्योगको मागअनुसार आवश्यक सीप प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कक्षाकोठामा मात्र आधारित तालिमभन्दा व्यावहारिक तथा कार्यस्थलमा आधारित प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।
अग्रवालले सीप प्रदर्शनका आधारमा प्रमाणपत्र प्रदान गर्ने, अनौपचारिक रूपमा वा कार्यअनुभवबाट हासिल भएका सीपलाई मान्यता दिने तथा टीभीईटीको पाठ्यक्रम र व्यावसायिक दक्षता निर्धारणमा निजी क्षेत्र तथा उद्योगलाई औपचारिक भूमिका दिनुपर्ने बताए ।
उद्योगको सहभागिता सल्लाहकार भूमिकामा मात्र सीमित नभई सीप पहिचान, पाठ्यक्रम निर्माण, तालिम, अप्रेन्टिससिप, मूल्यांकन, प्रमाणीकरण र रोजगारीसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
भेटवार्तामा एडीबीको सहयोगमा एडीबी–एनसीसी उद्योग सीप सर्वेक्षण सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको थियो । उत्पादन, निर्माण, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि तथा कृषि प्रशोधन, अटोमोबाइल, लजिस्टिक्स, ई–कमर्स तथा निर्यातमुखी उद्योगलगायत क्षेत्रमा दक्ष जनशक्तिको माग पहिचान गर्न सर्वेक्षण उपयोगी हुने चेम्बर अध्यक्षले अग्रवालले धारणा राखे ।
अध्यक्ष अग्रवालले नेपाली युवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सीप प्रदान गरी स्वदेशी उद्योग, सेवा निर्यात तथा अन्तर्राष्ट्रिय रोजगारीका लागि सक्षम बनाउनुपर्ने बताए। साना तथा मझौला उद्यमका लागि साझा तालिम केन्द्र, अप्रेन्टिससिप कार्यक्रम तथा डिजिटल तालिम प्लेटफर्म विकासमा एडीबीको सहयोग आवश्यक रहेको उनले बताए ।
त्यस्तै, महिला, ग्रामीण युवा, आर्थिक रूपमा कमजोर समुदाय तथा कम विकसित क्षेत्रका युवाको टीभीईटीमा सहभागिता बढाउन विशेष कार्यक्रम आवश्यक रहेको अग्रवालले बताए ।
टीभीईटी कार्यक्रमको सफलता तालिम लिनेको संख्या वा प्रमाणपत्र वितरणबाट मात्र नभई तालिमपछि रोजगारी दर, रोजगारदाताको सन्तुष्टि, उत्पादकत्व तथा उद्यम सिर्जना जस्ता परिणामबाट मापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

“रोजगारीको परिणाम नै नेपालको टीभीईटी प्रणालीको प्रमुख कार्यसम्पादन सूचक (केपीआई) बन्नुपर्छ,” अग्रवालले भने ।
अध्यक्ष अग्रवालले उद्योग नेतृत्वको टीभीईटी, मागमा आधारित लगानी, अप्रेन्टिससिप, डिजिटल तथा भविष्यका सीप र रोजगारीमा आधारित मूल्यांकनलाई आगामी दिनको प्राथमिकता बनाउनुपर्ने बताए । एडीबी, नेपाल सरकार तथा तालिम प्रदायक संस्थासँग सहकार्य गरी उद्योग–टीभीईटी साझेदारीलाई सुदृढ गर्न नेपाल चेम्बर तयार रहेको उनले बताए ।
भेटवार्तामा एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुले नेपालमा युवाका लागि गुणस्तरीय शिक्षा, सीप विकास तथा रोजगारी सिर्जनालाई उद्योगको मागसँग जोडेर अघि बढाउनुपर्ने बताए । उद्योगको मागअनुसार व्यावहारिक सीप विकास र रोजगारीसँग जोडिएको तालिम प्रणालीले युवालाई गुणस्तरीय रोजगारीका अवसर प्राप्त गर्न सहयोग एडिबी तयार रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु