दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जग्गा, आवास एवं निर्माण प्रदर्शनीमा राडो घडी तथा अर्बान अर्थको मेट्रेसको आकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३ गते, शनिबार ६:५५

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा आर्क्स ग्रुपको स्टलमा सुलेक्स सेन्टरको राडो घडी तथा अर्बान अर्थको मेट्रेस प्रति सहभागीहरूको चासो देखिएको छ। राडो अन्तर्राष्ट्रिय स्विस ब्राण्ड हो भने अर्बान अर्थको मेट्रेस फ्रेन्च प्रविधिमा नेपालमै उत्पादन हुँदै आएको छ। स्टलमा अन्य विश्वचर्चित ब्राण्डका घडीसमेत राखिएका छन्।

‘मेलामा राडो घडी र मेट्रेसप्रति उपभोक्ताको चासो राम्रो देखिएको छ। प्रदर्शनीलाई लक्षित गरी विशेष छुटसहित बिक्रीको व्यवस्था गरेका छौँ,’ नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत रहेका आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले भने।

नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु