दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कविता : तिमी कहिल्यै मेरो हुन सकेनौ

लिला अनमाेल
प्रकाशित मिति : २०८३ आश्विन ४ गते, आईतवार ७:२७

तिमी केवल तिम्रै अहङ्कारका परिधि हौ
म मेरो आफ्नै चेतनाको अनन्त।
हामिबिच
‘म’ र ‘मेरो’ को एउटा भ्रमपूर्ण वृत्त थियो
जसको परिधिबाट आज म पूर्ण रूपले मुक्त भएकी छु।
जब जोडिएथ्यो सम्बन्ध
​उसले आफ्ना तृष्णाको अनन्त भोक मेटायो
एउटा कृत्रिम आवरण ओढाइदियो मेरो अनुहारमा
सामाजिक न्याय र मर्यादाका उच्च वकालतभित्र
आफ्नै लालसाको भव्य रङ्गमञ्च सजायो उसले
मैले त्यही छललाई आफ्नो साँचो ईश्वर ठानेँ।
​उसले भौतिक सुविधा र प्रपञ्चको तानाबाना बुन्यो
र झुन्ड्याइदियो मेरो गलामा
नीति र संस्कारको गह्रौँ साङ्ग्लो।
मैले त्यसैलाई जीवनको परम अनुशासन मानेर
आफ्ना सारा उन्मुक्त उडानहरूलाई एउटै सीमाभित्र कैद राखिरहेँ।
जब मैले मलाई यसरी खियाउदै गएको बुझे
वास्तवमा कोही कसैको हुँदो रहेनछ।
​तिमी कहिल्यै मेरो हुन सकेनौ
तिमी आफ्नै अहङ्कारका बन्दी हौ
र म
अब सम्पूर्ण रूपले आफ्नै अस्तित्वकी मालिक भएकी छु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु