
भएभरकालाई मक्ख पारी कहाँ सजिलो थियो
त्यहीमाथि चाहियो रे संस्कारी कहाँ सजिलो थियो
साथी दुई चार वर्षमै म यसरी गलिसकेँ
मेरी आमाले बोकेको भारी कहाँ सजिलो थियो
म त्यस्तो योद्धा हुँ तिम्रो समाजसँग लडिरहेको
१५ वर्षमै घरको जिम्मेवारी कहाँ सजिलो थियो
ढाट्यौ छल्यौ झुट बोल्यौ कति मेहनत गर्यौ
माया मसँगको गद्दारी कहाँ सजिलो थियो
झट्ट हेर्दा कमल पनि त मुस्कुराइ रहेको हुन्छ
सोच्नुस् त हिलो सँगको जुहारी कहाँ सजिलो थियो


