दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संगठन बलियो बनाउने’ एजेन्डासहित प्रदेश ‘क’ सभापतिमा न्यौपानेको दाबी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ७ गते, बुधबार ६:५७

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत प्रदेश ‘क’ को नेतृत्वका लागि रामप्रसाद न्यौपानेले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी असोज १० गते शनिबार हुने प्रदेश ‘क’ को अधिवेशनलाई लक्षित गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

काठमाडौं महानगरपालिका वडा नं. ४ को दुई पटक इकाई सभापतिको जिम्मेवारी सम्हालिसकेका न्यौपाने पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। वडा तहदेखि संगठन निर्माण र पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहेका न्यौपानेले प्रदेश ‘क’ को नेतृत्वमा पुगेर संगठनलाई थप व्यवस्थित, सशक्त र गतिशील बनाउने लक्ष्य अघि सारेका छन्।

पार्टीभित्र सक्रिय र कार्यकर्तासँग नजिक रहेर काम गर्ने नेताका रूपमा परिचित न्यौपानेले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको विषय नभई संगठन सुदृढीकरणको अभियानका रूपमा प्रस्तुत गरेका छन्।
उनले प्रदेश ‘क’ मा कार्यकर्ताबीचको एकता, संगठन विस्तार, युवाको सक्रिय सहभागिता तथा पार्टीको जनआधार थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

राजनीतिसँगै सामाजिक गतिविधिमा समेत सक्रिय न्यौपानेले जनतासँग प्रत्यक्ष जोडिने र सामाजिक सरोकारका विषयलाई पार्टी संगठनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।

‘अनुभवलाई नेतृत्वमा बदल्ने’ तयारी

दुई कार्यकाल वडा इकाई सभापतिको जिम्मेवारी सम्हालिसकेको अनुभवलाई प्रदेशस्तरीय संगठनमा उपयोग गर्ने उद्देश्यका साथ आफू सभापतिको दौडमा आएको न्यौपानेको भनाइ छ।

“पार्टी संगठनलाई अझ बलियो, अनुशासित र कार्यकर्तामैत्री बनाउँदै सबैलाई समेटेर अघि बढ्नु आवश्यक छ,” न्यौपानेले भनेका छन्।
उनको उम्मेदवारी घोषणासँगै कांग्रेस काठमाडौं–५ प्रदेश ‘क’ को अधिवेशनमा नेतृत्व चयनको विषय थप चर्चामा आएको छ। आगामी अधिवेशनले प्रदेश ‘क’ मा नयाँ नेतृत्व चयन गर्ने भएकाले उम्मेदवारहरूबीचको प्रतिस्पर्धा र संगठनभित्रको समीकरणलाई चासोका साथ हेरिएको छ।

न्यौपानेले भने आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा माथि उठाउँदै संगठन निर्माण, कार्यकर्ताको सम्मान र पार्टीलाई थप जनमुखी बनाउने अभियानका रूपमा अघि बढाउने बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु