दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दैवले उजाडेको फूलबारी

सरिता ढकाल
प्रकाशित मिति : २०८३ आश्विन ९ गते, शुक्रबार ६:१७

फूल झरे, सुवास झर्‍यो, फूलबारी रोइरह्यो,
आमा झरिन्, दाजु झरे, सारा संसार रोइरह्यो।

एउटा घाउमा आँसु सुक्न नपाउँदै अर्को घाउ आयो,
दैवको निर्दयी खेलमा, यो छाती चिरिरह्यो।

हिजो आमा हुनुहुन्थ्यो—घरभरि उज्यालो थियो,
आज आमाको खाली काख सम्झिँदा, अँध्यारो रोइरह्यो।

दाजुको काँध थियो, दुःखमा अडिने एउटा भरोसा,
आज त्यो काँध खोज्दै–खोज्दै, मन बेसहारा रोइरह्यो।

भाउजूको माया थियो, भिनाजुको आफ्नोपन थियो,
बहिनीको मुस्कान थियो—सबै हराएपछि आँगन रोइरह्यो।

कति फूल टिपिस् दैव, अझै के बाँकी छ यहाँ?
एकपछि अर्को फूल झार्दा, यो मुटु नै थाकिरह्यो।

आमालाई बोलाउँदा आवाज आफ्नै घाँटीमा अड्किन्छ,
“आमा…” भन्ने एउटा शब्दमै, सिङ्गो जीवन रोइरह्यो।

कसरी लेखूँ यो पीडा, अक्षरहरू पनि काँप्छन्,
कलम समात्दा हातभन्दा पहिले, आँखाको आँसु झरिरह्यो।

यो कस्तो परीक्षा हो, हे भाग्य, कस्तो लेखा हो?
बाँच्न खोज्दा सम्झनाले, फेरि फेरि मारिरह्यो।

फूलबारी उही छ अझै, डालीहरू उही छन्,
तर फूलहरू छैनन्—त्यसैले हावासमेत सुस्केरो हालिरह्यो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु