
नेपालका सगेन्द्र सिंहले थाइल्यान्डको बैंककमा जारी ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ स्वर्ण जितेका छन् ।
उनले पुरुष ७५ केजीमा स्वर्ण पदक जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थले जनाएका छन् ।


