दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कविता : पर्खाइ

-निशान बुढाथोकी
प्रकाशित मिति : २०८३ आश्विन ११ गते, आईतवार ७:३४

धेरै दिन भो, बाटोमा आँखा ओछ्याएर पर्खिरहेछु,
कतै फुत्कन नसके जस्तो, कतै म अड्किरहेछु।
रातहरूले जिस्काएर मलाई सपना नि पठाउँदैन,
छट्पटी रहेछु सधैं, कल्पनामा निद्रा पनि आउँदैन।

हावासँग सोध्छु तिम्रो खबर,
बादलसँग गर्छु तिम्रो कुरा,
आकाशले पनि मौनता ओढेको छ,
किन यति लामो भयो हाम्रो दूरीको कुरा?

हिजोका ती सम्झनाहरू
आज पनि मनमै ताजा छन्,
तिम्रा हाँसोका ती आवाजहरू
एकान्तमा अझै सुनिएका छन्।

कहिलेकाहीँ लाग्छ,
तिमी यहीँ कतै छौ कि जस्तो,
आँखा बन्द गर्दा नजिकै,
आँखा खोल्दा टाढा छौ कि जस्तो।

समय आफ्नै गतिमा बगिरहेछ,
दिनहरू बित्दै छन्, रातहरू ढल्दै छन्,
तर मेरो मन भने
त्यही पुरानो मोडमा रोकिएर बसेको छ।

कति पटक आफैंलाई सम्झाएँ,
अब त पर्खिन छोडिदेऊ भनेर,
तर मन कहाँ मान्दोरहेछ र,
फेरि बाटोतिर आँखा लगाउँछ तिम्रै खबर भनेर।

सायद प्रेम भनेकै यही रहेछ—
आउनु र जानुको हिसाब नराखी पर्खिनु,
मन दुखे पनि मुस्कुराउनु,
र टाढा हुँदा पनि नजिकै महसुस गरिरहनु।

तिमी आउने बाटो अझै उस्तै छ,
म उभिएको ठाउँ पनि उस्तै छ,
फरक यति मात्र हो—
पहिले आशा धेरै थियो,
अहिले पर्खाइ धेरै छ।

तर पनि एउटा विश्वास बाँकी छ,
कुनै दिन यो दूरी अवश्य हराउनेछ,
अधुरो रहेको यो कथा
तिम्रो आगमनसँगै फेरि पूरा हुनेछ।

त्यसैले आज पनि
बाटोमा आँखा ओछ्याएर पर्खिरहेछु,
कतै फुत्कन नसके जस्तो,
कतै तिम्रै सम्झनामा अड्किरहेछु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु