दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कलाकारितापछि राजनीतिमा चम्किँदै प्रकाश कटुवाल, बने कांग्रेस महाधिवेशन प्रतिनिधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन १७ गते, शनिबार ६:३८

काठमाडौँ । गीत–संगीतको मञ्चमा दर्शक–श्रोतामाझ परिचित नाम हो, प्रकाश कटुवाल। अब उनको परिचय कलाकारमा मात्रै सीमित रहेन। उनी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन्।

रामेछाप क्षेत्र नं. १ को अधिवेशनबाट कटुवाल खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शुक्रबार सार्वजनिक अन्तिम मत परिणामअनुसार उनले ४८० मत प्राप्त गरे। निर्वाचन अधिकृतद्वारा हस्ताक्षरित आधिकारिक परिणाममा कटुवाल खुलातर्फ निर्वाचित भएको उल्लेख छ।

‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’ लगायत गीतमार्फत लोक तथा दोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका कटुवाल पछिल्लो समय राजनीतिमा पनि सक्रिय हुँदै आएका छन्।
उनको राजनीतिक यात्रा भने एकैपटक सुरु भएको होइन। यसअघि उनी रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। त्यही यात्रालाई अघि बढाउँदै उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका हुन्।

कटुवालले राजनीतिमा आउनुको कारण पद र प्रतिष्ठाभन्दा फरक रहेको बताउँदै आएका छन्। पार्टी संगठनलाई थप चलायमान बनाउने र युवापुस्तालाई कांग्रेसको मूलधारमा जोड्ने उद्देश्यले आफू राजनीतिमा सक्रिय भएको उनको भनाइ छ।

कांग्रेसको युवा नेतृत्वबाट प्रभावित रहेको बताउने कटुवाल विशेषगरी नेता गगन थापाको विचार, दृष्टिकोण र कार्यशैलीबाट राजनीतिमा लाग्न प्रेरित भएको बताउँछन्।

कलाकारिताबाट बनाएको लोकप्रियतालाई सामाजिक काम र राजनीतिक भूमिकासँग जोडेर अघि बढिरहेका कटुवालका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु राजनीतिक यात्राको अर्को महत्वपूर्ण खुड्किलो बनेको छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु