
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान खुलामञ्चमा बस्ने भएको छ।
पार्टीको १५औँ महाधिवेशन स्थल खुलामञ्चमा बिहान १० बजे बैठक आयोजना गर्न लागिएको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।
बैठकमा पार्टीका समसामयिक विषय तथा सांगठनिक विषयमा छलफल हुने बताइएको छ।


