दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१५औँ कांग्रेस महाधिवेशन : पेशागततर्फ केन्द्रीय सदस्यका लागि प्रकाश कटुवाल उम्मेदवार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २० गते, मंगलवार १७:५२

काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कटुवालले मंगलबार राष्ट्रिय सभा पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

उनले कांग्रेसको संगठनलाई थप सुदृढ र चलायमान बनाउन, युवाको सहभागिता बढाउन तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए।
“केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने जिम्मेवारी पनि हो,” कटुवालले भने।

कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए।
उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु