दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : अन्तिम सत्यको आवाज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २४ गते, शनिबार ६:०३

जीवन क्षणिक यात्रामा, सत्य बोल्नुपर्छ सधैँ,
मृत्यु निश्चित सत्य हो, किन झूट बोल्नु र व्यर्थै?
माया, मोह, अहङ्कार सबै, छुट्नेछन् एक दिन,
कर्म राख्छ चिनारी हाम्रो, बाँकी रहन्छ त्यही चिन्ह।
जाँदा साथ नलाग्ने धन, नलाग्ने वैभव यहाँ,
सम्झनामा बाँच्ने कर्म, त्यही हुन्छ अमर निशान।
आँसु झार्ने मित्रजन, शोकमा डुब्नेछन् केही,
तर समयले घाउ भुलाउँछ, सत्य रहन्छ सधैँ त्यही।
जीवनभर छलछाम गरी, के जितिन्छ संसार?
झूटको जगमा टिक्दैन कहिल्यै, सुखको सुन्दर दरबार।
अन्तिम घडी आउँदा फेरि, मनले सोध्नेछ आफैँ,
कति सत्य जिएँ जीवनमा, कति भुलेँ कर्तव्यलाई?
न द्वेष बोकी जानु छ, न वैर राख्नु कसैसँग,
प्रेम बाँड्दै बाँच्नु छ, मानवताको विश्वाससँग।
बोली मीठो, हृदय पवित्र, कर्म बनोस् उज्यालो,
अरूको हित गर्न सके, जीवन बन्छ निरालो।
मृत्यु शत्रु होइन हाम्रो, जीवनको अन्तिम मोड,
सत्यकर्मको बाटो रोज, त्याग अहङ्कारको बोझ।
जन्म र मृत्युबीचमा, कर्म लेखिन्छ आफ्नै,
सत्यको दीप जलाइराख, अन्धकार हट्छ आफैँ।
अन्तिम सास चलिरहँदा, पश्चात्ताप नहोस् मनमा,
कसैको आँसु नबनोस् कारण, हाम्रो जीवनको कर्ममा।
जाँदा खाली हात जाने, यही जगत्को रीत,
सत्य, प्रेम र सद्भाव नै, जीवनको साँचो जीत।

रचनाकार : गोबिन्द राज ओझा (राजन)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु