तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेस्रो पक्कु फेस्टिभल असोज २५ देखि २९ गतेसम्म आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २४ गते, शनिबार १८:२९

काठमाडौं, असोज २४। नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ।

असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा सञ्चालन हुनेछ। साथै, भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा पनि प्रेसिडेन्टको पक्कु प्रस्तुत गरिनेछ।

नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना गरिएको फेस्टिभलले रैथाने परिकारको संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले हाल ३५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। समूहले बुटवल र काठमाडौंको बुढानीलकण्ठमा समेत नयाँ आउटलेट विस्तार गर्ने तयारी गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु