दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २६ गते, सोमबार ६:२६

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ।

सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ। जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश गरिएको छ।

टोलीले ‘अपि एडिसन’ नाममार्फत अपि हिमालको पर्यटन प्रवर्द्धन र यस क्षेत्रको प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको जनाएको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको बताए।

“अपि हिमाल सुदूरपश्चिमको प्राकृतिक पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण गन्तव्य हो। हामीले यस जर्सीलाई ‘एपी एडिसन’ नाम दिएर अपि हिमालप्रति सम्मान व्यक्त गर्नुका साथै यसको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने उद्देश्य राखेका छौं। जर्सीमा शुक्लाफाँटाको बंगाल टाइगर समावेश गर्नुले सुदूरपश्चिमको प्राकृतिक विविधता र सम्पदालाई पनि प्रतिनिधित्व गर्छ। क्रिकेटको माध्यमबाट सुदूरपश्चिमका यस्ता महत्वपूर्ण गन्तव्यलाई देश तथा विदेशमा चिनाउन सकिने हाम्रो विश्वास छ,” खड्काले भने।

सुदूरपश्चिम रोयल्सले नयाँ जर्सी छिट्टै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराउने जनाएको छ। यससँगै समर्थकहरूले ‘अपि एडिसन’ जर्सी खरिद गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु