
पोखरा । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न सभाले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिसहितका सम्पूर्ण प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
बैंकले देशभर १२६ शाखा र ५१ एटीएम मार्फत आधुनिक डिजिटल बैंकिङसहित वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।


