दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस नेपाल वर्ल्ड २०२६’का प्रतियोगी ग्ल्याम नाइटमा चम्किए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २७ गते, मंगलवार ६:३४

काठमाडौँ । रिबन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते हुने ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ का प्रतियोगीहरू ‘द ग्ल्याम नाइट’मा आकर्षक प्रस्तुतिसहित र्‍याम्पमा उत्रिएका छन्।
कार्यक्रममा २२ प्रतियोगीले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा आफ्नो सौन्दर्य, शैली, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गरे। ब्राइडल सिक्वेन्समा नेपाली संस्कृति र परम्परागत दुलही पहिरनको झल्को देखाइएको थियो भने गाउन सिक्वेन्समा प्रतियोगीले र्‍याम्प वाकमार्फत आफ्नो आत्मविश्वास प्रदर्शन गरे।

कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट लगायतका कलाकारको उपस्थिति रहेको थियो। राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरे।

गायक आनन्द कार्कीले सांगीतिक प्रस्तुति दिए भने जितु नेपालले हास्यव्यङ्ग्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे।
आयोजकका अनुसार ‘द ग्ल्याम नाइट’ले विवाहित महिलालाई आफ्नो प्रतिभा, शैली र आत्मविश्वास प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनाले कात्तिक १४ गते नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा हुनेछ। विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेता पनि चयन गरिने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु