दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सानेपामा खुल्यो इटालियन शैलीको ‘नट्स एन्ड स्कूप’ जेलाटो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २७ गते, मंगलवार ६:३९

काठमाडौँ, असोज २६ । नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन्।
मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको ब्रान्डले इटालियन परम्परागत शैली र प्रविधिबाट तयार गरिएका २० भन्दा बढी स्वादका जेलाटो नेपाली बजारमा ल्याएको हो। व्यावसायिक जेलाटो उत्पादनका लागि प्रयोग हुने इटालियन उपकरण, गुणस्तरीय कच्चा पदार्थ तथा इटालीको जेलाटो युनिभर्सिटीबाट तालिम प्राप्त संस्थापकहरूको अनुभवलाई उत्पादनमा समेटिएको जनाइएको छ।
उद्घाटन कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच व्यापारसँगै सीप, प्रविधि, लगानी र सांस्कृतिक सहकार्यका नयाँ सम्भावना विस्तार भइरहेको बताए। यस्ता उद्यमले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन योगदान पुग्ने उनको भनाइ थियो।
संस्थापकका अनुसार उद्घाटनकै दिन २०० भन्दा बढी ग्राहक आउटलेट पुगेका थिए। सानेपाबाट सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ले नेपाली उपभोक्तालाई इटालियन स्वाद र जेलाटो संस्कृतिको अनुभव गराउँदै नेपालकै प्रिमियम जेलाटो गन्तव्य बन्ने लक्ष्य लिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु