
काठमाडौँ । देशमा पश्चिमी तथा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल हिमाली क्षेत्रमा आंशिक बदली भए पनि पहाडी र तराई भूभागको मौसम मुख्यतः सफा रहेको छ।
दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रसँगै बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पहाडी र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


