दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमा ‘भान्से धमाका–३’ हुँदै, पशुपति शर्माको विशेष प्रस्तुति

मनिषा अर्याल
प्रकाशित मिति : २०८३ आश्विन २८ गते, बुधबार १६:२५

निकोसिया, साइप्रस — नेपाली सेफ सोसाइटी साइप्रसले नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा दसैँ विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका–३’ आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम आगामी २५ अक्टोबर २०२६, आइतबार लिमासोलस्थित नियो फिएस्टा हलमा आयोजना हुनेछ। कार्यक्रमलाई सफल बनाउन तयारी तीव्र पारिएको छ।

नेपाली कला, संस्कृति, मौलिक खानपान तथा दसैँका परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। साइप्रसमा रहेका नेपालीहरूलाई दसैँको अवसरमा एउटै थलोमा भेला गराई आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

पशुपति शर्माको विशेष सांगीतिक प्रस्तुति

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित नेपाली लोकदोहोरी गायक पशुपति शर्माको विशेष सांगीतिक प्रस्तुति रहनेछ। शर्मासँगै साइप्रसमा रहेका नेपाली स्थानीय कलाकारहरूले समेत विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।

टीका, जमरा र नेपाली मौलिक खानाको व्यवस्था

दसैँको सांस्कृतिक पक्षलाई समेत समेट्दै कार्यक्रममा सहभागी हुने सबैका लागि टीका र जमराको व्यवस्था गरिएको छ। साथै नेपाली मौलिक खानाका विभिन्न परिकारसमेत उपलब्ध हुने जनाइएको छ।
साइप्रसका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरूको सहभागिता सहज बनाउन आयोजकले विभिन्न सहरबाट कार्यक्रमस्थलसम्म बस सेवाको व्यवस्था समेत गरेको जनाएको छ।
कार्यक्रमको प्रवेश शुल्क २५ युरो निर्धारण गरिएको छ।

कार्यक्रमको नाफा बाढीपीडितलाई सहयोग

‘भान्से धमाका–३’ मनोरञ्जनमा मात्र सीमित नरहने आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालनको खर्च कटाएर बाँकी रहने नाफा नेपालका बाढीपीडितहरूको सहयोगमा उपलब्ध गराइने बताइएको छ।
नेपाली सेफ सोसाइटी साइप्रसले यसअघि पनि ‘भान्से धमाका’ शृङ्खलाअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो। यसैको निरन्तरतास्वरूप यस वर्ष तेस्रो संस्करण आयोजना गर्न लागिएको हो।
आयोजकले साइप्रसमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दसैँको खुसी साटासाट गर्न तथा सामाजिक सेवाको अभियानमा साथ दिन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु